पर्साका थप २१ जनाले एकै पटक जिते कोरोना



१४ जेठ २०७७, काठमाडौं

पर्साका थप २१ जना कोरोना भाइरसको कोरोना संक्रमण मुक्त भएका छन् ।

गण्डक अस्पतालमा उपचाररत २१ जना कोरोना संक्रमणबाट मुक्त भएर गएराति साढे १० बजे डिस्चार्जगरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

उनीहरुमा लगातार दुई पटकसम्मको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै २१ जनालाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा अरू ९ जना संक्रमितको उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्