ऊहान ल्याबकी ब्याट वुमनको डरलाग्दो चेतावनी, ‘पुनः फैलन सक्छ कोरोनाभन्दा पनि खतरनाक भाइरस’



१४ जेठ २०७७, काठमाडौं

चीनको ऊहानबाट फैलिएको कोरोना भाइरसले संसार भरीमाहामारी मच्चाएको छ । यसैबीच चीनमा चमेरोमाथि अनुसन्धानका लागि चर्चित एक महिला भाइरोलोजिस्टले कोरोनाभाइरस त समस्याको एउटा पाटो बताउँदै वास्तविक समस्या त निकै ठूलो भएको बताएकी छिन् ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्कसँग सोमबारको कुराकानीमा उनले चमेरोमा यस्ता थुप्रै भाइरस हुने जुन पुनः संसारभरी फैलन सक्ने बताएकी छिन् ।

चीनको ब्याट वुमन नामबाट चर्चित ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीकी उप–निर्देशक शी झेंगलीले चमेरोजस्तो जनावरमा कोरोनाभन्दा निकै खतरनाक भाइरस उपलब्ध भएको बताएकी छिन् । समय हुँदा नै यसबारे पत्ता नलगाए संसारले यस्तै खालका अन्य महामारीको पनि सामना गर्नुपर्ने उनले चेतावनी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्