अमेरिकामा १ लाख नाघ्यो मृत्यु, आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



१४ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ५ सय ४० बढी  पुगेको छ ।

एकैदिन १८ हजार ९ सय ५२ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १७ लाख २५ हजार १ सय ७८ बढी पुगेको छ । संक्रमितमध्ये १७ हजार १ सय ५२ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख ७८ हजार २ सय २५ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्