कोरोनाको दोस्रो लहर दोब्बर बन्ने खतरा छ, सावधान : विश्व स्वास्थ्य संगठन



१३ जेष्ठ २०७७, काठमाडौं

विश्व स्वास्थ्य संगठनले जुन देशमा अहिले कोरोना संक्रमण कम हुँदै गइरहेको छ, तिनमा तुरुन्त बन्दाबन्दी (लकडाउन्) लगायतका प्रतिबन्ध हटाइयो भने यो महामारी अझ दोब्बर मात्रामा फर्किन सक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओका आपत्कालीन प्रमुख डा. माइक रायनले केही देशमा अहिले कोरोना संक्रमणको पहिलो लहर नै चलिरहेको उल्लेख गर्दै जुन मुलुकमा संक्रमण केही कम हुँदै गएको देखिएको छ, हेलचेक्रयाइँ गरे ती देशमा यो वर्षको अन्त्यमा पुनः दोब्बर मात्रामा यो महामारी फर्किन सक्ने खतरा रहेको बताएका हुन् ।

“अहिले केही देशमा संक्रमण कम हुँदै गएको छ । तर अझै मध्य र दक्षिण अमेरिका, अफ्रिका र दक्षिण एसियामा यो बढ्दै गएको छ ।” उनले भनेका छन् ।

महामारी विभिन्न रूपमा धेरैपटक आउने र यसको अर्थ पहिलो लहर महामारी भइसकेका देशमा दोस्रो लहर अझ भयानक भएर आउने सक्ने उनले बताए । यस्तै उनले अहिल्यै यसको सावधानीको लागि तयारी गर्नुपर्ने पनि बताएका छन् ।

उनका अनुसार उत्तरी अमेरिका र युरोपका देशले कोरोना संक्रमण रोकथामका लागि भएका कदम जारी राख्नुपर्नेछ । जसले संक्रमणको दोस्रो लहर आउने जोखिम कम गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्