सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि



१३ जेठ २०७७, काठमाडौं

सुर्खेत जिल्लामा थप १२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको कूल संख्या २३ पुगेको छ ।

प्रदेश समाजिक विकास मन्त्रालयका अनुसार थपिएका ११ जना पुरुष र एक जना महिला रहेका छन् । संक्रमित वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्