ट्रम्पले सेवन गरिरहेको औषधी बिरामीमाथि प्रयोग गर्न डब्ल्यूएचओको रोक



१३ जेठ २०७७, काठमाडौं

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसका बिरामीका लागि जारी गरेको क्लिनिकल ट्रायलमा स्थायी रुपमा रोक रोक लगाएको छ।

संगठनका निर्देशक डा. टेड्रोस एडहनम ग्याब्रियासिसले सोमबार औषधीको सुरक्षित प्रयोगबारे डाटा सेफ्टी मोनिटरिङ बोर्डले अध्ययन गर्ने जानकारी दिए । साथै, यो औषधीसँग सम्बन्धित संसारभरी भइरहेको प्रयोगको पनि व्यापक विश्लेषण गरिने उनले जानकारी दिए ।

टेड्रोसका अनुसार साधारणतया हाइड्रोक्सिक्लोरोक्विन र क्लोरोक्विनको प्रयोग मलेरियाका रोग जस्तो अटोइम्युन बिरामीमा प्रयोग गरिन्छ । तर कोरोनाका बिरामी यो औषधीको सुरक्षित प्रयोगको विषयमा चिन्तित छन् ।

टेड्रोसले साइन्स जर्नल लासेन्टमा हालै प्रकाशित एक अध्ययनको कुरा गर्दै कोरोना संक्रमितको उपचारमा जहाँ हाइड्रोक्सिक्लोरोक्विन औषधी प्रयोग गरिएको छ, त्यहाँ मृत्युको खतरा धेरै भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै उनले कोरोना भाइरसबाट बच्नका लागि आफूले हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्