आज पनि मृत्युमा अमेरिकालाई उछिन्यो ब्राजिलले, पछिल्लो २४ घण्टाको अपडेट



१३ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको तीव्र संक्रमण  ब्राजिलमा पनि छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ७ सय ५७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २३ हजार ४ सय ७३ बढी  पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ५ सय ४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९९ हजार ८ सय ४ बढी  पुगेको छ ।

ब्राजिलमा एकैदिन ११ हजार २ सय ८० जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ९८ बढी पुगेको छ । संक्रमितमध्ये १ लाख ५३ हजार ८ सय ३३ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्