अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



१३ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ५ सय ४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९९ हजार ८ सय ४ बढी  पुगेको छ ।

एकैदिन १९ हजार ७ सय १८ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १७ लाख ६ हजार १ सय ५४ बढी पुगेको छ । संक्रमितमध्ये १७ हजार १ सय १४ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख ६२ हजार ७ सय ६४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्