४ महिने शिशुदेखि ६६ वर्षीय वृद्धगरि एकै परिवारका १८ जनाले जिते कोरोना



१२ जेठ २०७७, काठमाडौं

पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत एकै परिवारका १८ जना आइतबार राति कोरोना संक्रमण मुक्त भएका छन् ।

अस्पतालका अनुसार  उनीहरुमा गरिएको पछिल्ला दुई वटा परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै आइतबार राति डिस्चार्ज गरिएको हो । उनीहरु वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु हुन् ।

कोरोना निको हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्