आज अमेरिकामा भन्दा ब्राजिलमा धेरै मृत्यु, पछिल्लो २४ घण्टाको अपडेट



१२ जेठ २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  ब्राजिलमा पनि छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ७ सय ३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २२ हजार ७ सय १६ बढी  पुगेको छ । आज अमेरिकामा भन्दा ब्राजिलमा धेरै मृत्यु भएएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ६ सय ३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९९ हजार २ सय ८६ बढी  पुगेको छ ।

एकैदिन १६ हजार २ सय २० जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ६३ हजार ६ सय १८ बढी पुगेको छ । संक्रमितमध्ये १ लाख ४९ हजार ९ सय ११ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्