
१० जेठ २०७७, काठमाडौं
नेपालमा थप ३६ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ।
शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ३६ जना कोरोना संक्रमित थपिएको बताए ।
यस्तै बिहान मन्त्रालयले विज्ञप्तिमार्फत ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । योसंगै शनिबार मात्रै ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।





