म त सानो मान्छे (बाल गीत)



१० जेठ २०७७, काठमाडौं

म त सानो मान्छे, स्कूल जानु छ
किताब, कापी, खाजा, पानी साथमा लानु छ ।

साथीभाई मिलीजुली, रमाउने ठाउँ
पढ्न, लेख्न, सिक्न, खेल्न स्कूलमा जाउँ ।
म त सानो मान्छे, घर जानु छ
आफ्नो सामान चिनेर, साथमा लानु छ ।

क, ख, ग, घ, ए, बि, सि, डि, मैले पढ्नु छ
सफलताको सगरमाथा, अब चढ्नु छ ।
म त सानो मान्छे, कक्षा जानु छ
गृहकार्य देखाउन, साथमा लानु छ ।

गुरुबा र गुरुआमा, लेख्न सिकाउने
राम्रो कुरा जानुन भनी, बाटो देखाउने ।
म त सानो मान्छे, अघि जानु छ
बा–आमाको सपनालाई, साथमा लानु छ ।

गणेशकुमार मिश्र
(प्राचार्य)
त्रि–ज्योति मा.बि., बूनपा–१२

प्रतिक्रिया दिनुहोस्