
०९ जेठ २०७७, काठमाडौं
नेपालमा शनिबार थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।
आज कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ मा १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सर्लाहीको गडैतामा १८, २०, २०, २०, २१, २२, २३, २८, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुष रहेका छन् ।
यसैगरी रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा २०, २०, २४, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष रहेका छन् ।
यस्तै काठमाडौंमा ३५ वर्षीय पुरुष, बाराको करैयामाईमा ३७ वर्षीय महिला र चितवनका ५२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।





