सर्लाहीमा शुक्रबारमात्रै १५ जनामा कोरोना पुष्टि



०९ जेठ २०७७, काठमाडौं

प्रदेश २ को सर्लाही जिल्लामा कोरोना संक्रमितको सख्या ह्वात्तै बढेको छ । शुक्रबारमात्रै सर्लाहीमा  थप  १५ जनामा कोरोना संक्रमित थपिएपछि संक्रमितको संख्या १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्