साउदी अरबमा मात्रै १ हजार ३६४ नेपाली कोरोना सङ्क्रमित



०९ जेठ २०७७, काठमाडौं

साउदी अरबमा १ हजार ३६४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म त्यहाँ ७ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, जेद्दा क्षेत्रमा १७६, मक्का आसपासको क्षेत्रमा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ जनामा संक्रमण देखिएको दूतावासले जनाएको छ ।

रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य परीक्षण गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्