नेपालमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४४४ पुग्यो



०८ जेठ २०७७, काठमाडौं

नेपालमा थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमित हुनेहरूको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार धरानस्थित वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएकाहरू झापाको कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ का १८ , १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्ष उमेरका पुरुषहरु, धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिला रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्