कालिमाटी वृत्तमा कार्यरत २ जनामा कोरोना संक्रमण पुष्टी, पुरै वृत्त सिल



०७ जेठ २०७७, काठमाडौं

कालिमाटी प्रहरीमा कार्यरत एक प्रहरी सहायक निरीक्षक र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ ।

गत आइतबार वृत्तमा कार्यरत केही प्रहरीहरुको स्वाब टेष्ट गरिएको र उक्त टेष्टको रिपोर्ट मङ्गलबार साँझ आएकोमा सई र जवानमा कोरोना संक्रमण देखिएको स्रोतले बताएको छ ।

कोरोनासंक्रमण देखिएका सई र प्रहरी जवानलाई मङ्गलबार साँझ नै सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको छ ।

उनीहरुमा कोरोना संक्रमण देखिएपछि मङ्गलबार रातिदेखि महानगरीय प्रहरी वृत्त कालिमाटीमा पूरै सिल गरिएको छ । वृत्तमा २ सयभन्दा बढी प्रहरी कार्यरत रहेको र आज सबै प्रहरीको स्वाबको नमुना संकलन गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्