अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



०७ जेठ २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९३ हजार ५ सय ११ बढी  पुगेको छ ।

एकैदिन १९ हजार ८ सय ५० जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ लाख ७० हजार १ सय ४४ बढी पुगेको छ । संक्रमितमध्ये १७ हजार २ सय ४६ जनाको अवस्था गम्भीर रहेको छ भने ३ लाख ५४ हजार ३ सय ३९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्