
०६ जेठ २०७७, काठमाडौं
सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पहिलो पटक कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यी जिल्लामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमण ३८ जिल्लामा फैलिएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस्तै झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाहीमा २, काठमाडौंमा ३, भक्तपुरमा १, मकवानपुरमा १, कपिलबस्तुमा ४, र नवलपरासीमा १ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको छ ।





