उपत्यकामा पाँच जना सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि



०६ जेठ २०७७, काठमाडौं

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमितको ४०२ संख्या पुगेको छ ।

मंगलबार झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाहीमा २, काठमाडौंमा ३, भक्तपुरमा १, ललितपुरमा १, मकवानपुरमा १, रामेछापमा १, कपिलबस्तुमा ४, लमजुङमा १, सिन्धुलीमा १ र नवलपरासीमा १ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु १७ देखि ४२ वर्ष उमेर समूहका २४ पुरुष र ३ महिला रहेका छन् । योसँगै संक्रमण ३८ जिल्लामा फैलिएको छ।

प्रतिक्रिया दिनुहोस्