
०६ जेठ २०७७, काठमाडौं
नेपालमा मंगलबार थप ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
प्रदेश १ को झापामा ९ र सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका संक्रमितहरु केचनकवल गाउँपालिकाका हुन् ।
त्यस्तै सुनसरीमा कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् ।





