
०६ जेठ २०७७, काठमाडौं
रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवकको मृत्यु भएको छ ।
आइतबार देखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए ।
रोल्पा अस्पतालका अनुसार ती युवक कोरोना संक्रमित हुन् कि होइनन् भन्ने पत्ता लगाउन नमूना संकलन गरी दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।





