कोरोना सन्त्रासबीच छायाँमा परेको यो भयानक जोखिम



०६ जेठ २०७७, काठमाडौं

अहिले जसरी सम्पूर्ण ध्यान कोरोना भाइरसतर्फ केन्द्रित भइरहेको छ, डेंगु, मलेरिया जस्ता संक्रमणबाट बच्न पनि सर्तकता अपनाउनुपर्ने हुन्छ । गर्मी याममा खासगरी तराई क्षेत्रमा डेंगुको ठूलो भय छ । डेंगुको संक्रमण बर्षेनी बढ्दै गएको छ ।

कतिपय घर बाहिर विद्यालय वा भवनमा क्वारेनटाइनमा बसेका छन्, कति आइसोलेसनमा छन् । उनीहरुले अरु बढी डेंगुको संक्रमणबाट सावधानी अपनाउनुपर्ने हुन्छ ।

जलवायु परिवर्तनका कारण लामखुट्टे पहाडी क्षेत्रमा समेत फैलिदै गएको पाइन्छ । त्यसैले नयाँ–नयाँ ठाउँमा समेत डेंगुको जोखिम हुनसक्छ ।

मध्य तराईलाई विगतदेखि नै डेंगुले सताउँदै आएको छ । बर्षेनी त्यहाँ डेंगुको संक्रमण फैलिने गरेको छ । उचित सावधानी र जनचेतनाको अभावमा यसको जोखिम कायमै छ । अहिलेको अवस्थामा डेंगुको संक्रमण भइहालेमा के गर्ने ? कहाँ उपचार गर्ने ? निकै जटिल छ । डेंगुको उपचार गर्ने क्रममा कोरोना भाइरस लाग्ने भय उत्तिकै छ ।

तथ्यांक अनुसार विश्वको आधा भन्दा बढी जनसंख्या डेंगु संक्रमणको जोखिममा छन् । वितेको ५० बर्षमा यो संक्रमण ३० प्रतिशलते बढेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्