
०५ जेठ २०७७, काठमाडौं
सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा गरी १८ जनामा संक्रमण देखिएको हो।
विहान ९ र दिउसो ५३ र राती थपिएका १८ सहित आजै मात्र ८० जना संक्रमित थपिएका हुन् ।





