आरडीटी परीक्षण गर्दा सिन्धुलीमा ५ जनाको पोजेटिभ



०५ जेठ २०७७, काठमाडौं

सिन्धुली अस्पतालमा आरडीटी चेकजाँच गर्दा पाँच जनामा पोजेटिभ देखिएको छ ।

आइडीटी चेकजाँच अहिले पनि जारी छ । आज पाँच जनामा आरडिटी पोजेटिभ देखिएपपछि अस्पतालमा उच्च सुरक्षा सतर्कता अपनाइएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिएका छन् ।

अस्पतालमा सुरक्षा व्यवस्था अहिले कडा पारिएको छ । सिन्धुली अस्पतालका फ्रन्टलाइन कर्मचारीदेखि जिल्लाका प्रमुखहरुको आरडीटी चेकजाँच गरिएको छ ।

आरडीटी पोजेटिभ आएपनि आत्तिनु नपर्ने विज्ञहरुले बताएका छन् । पिसिआर चेकजाँचमा पनि पोजेटिभ रिपोर्ट आएमा छुट्टै राखेर संक्रमितको उपचार गरिने छ । नेपालमा पीसीआर पोजेटिभ देखिएकाहरुमध्ये ३६ जना उपचारपछि घर फकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्