
०५ जेठ २०७७, काठमाडौं
नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ ।





