
०४ जेठ २०७७, काठमाडौं
नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार विहान रौतहट र बाराका ९ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिला, त्यस्तै बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमाकोरोना संक्रमण पुष्टि भएको हो ।






