सीमा नाघेर गरिने कर्मलाई प्रेस स्वतन्त्रताको रुपमा नबुझ्नुस् : प्रेस काउन्सिल नेपाल



०४ जेष्ठ २०७७, काठमाडौं

प्रेस काउन्सिल नेपालले सीमा नाघेर गरिने कार्यलाई प्रेस स्वतन्त्रताको रुपमा नबुझ्न आग्रह गरेको छ ।

काउन्सिलले आतइबार (आज) एक विज्ञप्ति जारी गर्दै सीमा नाघेर कुनै पनि कार्य नगर्न र त्यसलाई प्रेस स्वतन्त्रताको रुपमा नबुझ्न आग्रह गरेको हो ।

कोभिड १९ (कोरोना भाइरस)का कारण मृत्यु भएकी महिलाको पहिचान खुल्ने तस्वीर सामाजिक सञ्जाल तथा समाचार पोर्टलहरुमा प्रकाशन भएको र यूट्युबरले स्वास्थ्यकर्मीमाथि गरेको नराम्रो व्यवहारलाई संयुक्त रुपमा समेट्दै काउन्सिलले यस्तो आग्रह गरेको छ ।

यसैगरी काउन्सिलले पत्रकारिताको मर्यादामा रहेर सञ्चारमाध्यमसम्बन्धीका कामहरु गर्न सुझाव पनि दिएको छ ।

काउन्सिलद्वारा जारी विज्ञप्तिः

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्