नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



०३ जेठ २०७७, काठमाडौं

नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । पर्सा, उदयपुर, काठमाडौं र दाङका गरी ९ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकेस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुष, उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्