पूर्व राजा-रानीले पाए काठमाडौं आउने पास



०२ जेष्ठ २०७७, काठमाडौं

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउने सवारी पास दिएको छ ।

बिहीबार (हिजो) पास खारेज गरेको सरकारले सामाजिक सञ्जालमा चर्को विरोध भएपछि पनुः पास दिएको हो । हिजो सवारी पास जारी गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए ।

पास पाए लगत्तै शुक्रबार (आज) बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट उनीहरु काठमाडौंका लागि प्रस्थान गरेका छन् । पूर्वराजादम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित विगत दुई महिनादेखि झापामा बस्दै आएका थिए ।

झण्डै दुई महिना अघि झापा गएका पूर्व राजा बन्दाबन्दी (लकडाउन्)का कारण झापामै बस्नदै आएका थिए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्