बन्दाबन्दीमा कडाइ, जिल्लाभित्र चल्ने सवारी पास पनि रद्द



०१ जेष्ठ २०७७, काठमाडौं

गृह मन्त्रालयले यसअघि जारी भएका सबै पास खारेज गर्ने भएको छ ।

बिहीबार (आज) मन्त्रालयमा बसेको बैठकले यसअघि जिल्ला प्रशासन कार्यालयले जारी गरेका पास पनि शनिबार (भोलि)देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको हो ।

एक जिल्लाबाट अर्को जिल्लामा जाने पास आजैबाट लागू हुने गरी मंगलबार खारेज गरिएको थियो । अब गृह मन्त्रालयको स्वीकृतिबिना पास जारी नगर्न भनिएको गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले बताए ।

उपत्यकाभित्र समेत कोराना संक्रमित भेटिएपछि सरकारले बन्दाबन्दी (लकडाउन्)लाई थप कडा पार्ने भएको हो । यसअघि सञ्चालनको अनुमति दिइएका कार्यालय तथा उद्योग, निर्माण क्षेत्रसमेत बन्द गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

तर, यो निर्णय मन्त्रिपरिषद्बाटै गर्नु पर्नेछ । यस्तै गृह मन्त्रालयले सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधिसँग पनि बिहीबार छलफल गरेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्