
०१ जेष्ठ २०७७, काठमाडौं
सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड १९) महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नका लागि तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ ।
अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार (आज) सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन भनेको हो ।





