बन्दाबन्दी : देशभर ७०७ दुर्घटना



३१ वैशाख २०७७, काठमाडौं

बन्दाबन्दी(लकडाउन्)को समयमा सडक दुर्घटना सामान्य समयकै अनुपातमा देखिएको छ ।

बन्दाबन्दीको अहिलेसम्मको अवधिमा देशभर ७०७ वटा सडक दुर्घटनाहरु भएका छन् । जसमध्ये ३६६ चारपांग्रे, ३१५ दुईपांग्रे र अन्य २६ वटा सवारी–साधन दुर्घटनामा परेका छन् ।

गत वर्षको ११ चैत्रदेखि ३० गतेसम्म ठूला–साना गरी १९२ सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । ५५ जना गम्भीर घाइते भएका छन् । विसं २०७६ चैत ११ गतेदेखि २०७७ वैशाख २८ गतेसम्ममा तथ्यांक हेर्दा दुर्घटनाका कारण ६७ जनाको मृत्यु भएको छ ।

१६३ जना गम्भीर घाइते भएको प्रहरीको तथ्यांकले देखाएको छ । बन्दाबन्दीको समयमा चलेका अनावश्यक गाडीलाई रोकेको, अतिआवश्यक र पास भएका गाडीलाई मात्रै चल्न दिएको प्रहरीले जनाएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्