नेपालमा एकैदिन ८३ जनामा संक्रमण, संक्रमितको संख्या २ सय १७ पुग्यो



३१ बैशाख २०७७, काठमाडौं

नेपालमा मंगलबार दिउसो ५७ जनामा संक्रमण देखिएको थियो। साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

यससँगै काठमाडौं र भक्तपुरमा पनि संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

पछिल्लो विवरणअनुसार नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या २ सय १७ पुगेको छ । कोरोना भाइरसको संक्रमण देखिएकामध्ये हालसम्म ३३ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्