हुम्लामा कोरोना : किटको अभाव, परीक्षण प्रभावित



३० वैशाख २०७७, काठमाडौं

हुम्लाका तीन वटा गाउँपालिकामा कोभिड १९ (कोरोना भाइरस)संक्रमण परीक्षण किटको अभाव भएको छ ।

किट अभाव भएपछि क्वारेन्टाइमा बसेकाहरुलाई घर फर्काउने विषयमा सरोकारवाला अन्यौलमा परेका छन् । विभिन्न ठाउँबाट आएका सयौँ जना हुम्लामा क्वारेन्टाइनमा बसिरहेका छन् ।

उनीहरुको क्वारेन्टाइन अवधि दुई दिनपछि सकिँदैछ । तर कोरोना परीक्षण किट नहुँदा अन्यौल सृजना भएको सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक दान बहादुर बोहराले बताए ।

हाल सिमकोट गाउँपालिकामा २५६, नाम्खामा ८६ र खार्पुनाथमा १५६ जना क्वारेन्टाइमा बसिरहेका छन् ।

|तस्वीरमा क्वारेन्टाइनमा हुम्लाली। श्रोतः|

प्रतिक्रिया दिनुहोस्