बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ६० पुग्यो



३० बैशाख २०७७, काठमाडौं

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६० पुगेको छ । लण्डनस्थित नेपाली दूतावासले अहिलेसम्म ५० जना पुरुष र १० जना महिला गरि जम्मा ६० जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गइसकेको जनाएको छ ।

ज्यान गुमाउनेहरुमध्ये ४९ जना पूर्वगोरखा र उनीहरुको परिवारका सदस्य हुन् भने ११ जना अन्य रहेका छन् ।

दूतावासका प्रवक्ता शरदराज आरनले गोरखा वेलफेयर ट्रष्ट, गोरखा भूतपूर्व सैनिकका संस्था तथा बेलायत सरकारले उपलब्ध गराएका तथ्याङ्कलाई पुर्नपुष्टि गरेर यो तथ्याङ्क सार्वजनिक गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्