
२९ वैशाख २०७७, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस)को उच्च जोखिम बढेपछि कपिलवस्तु जिल्ला शील गर्ने निर्णय भएको छ ।
सोमबार (आज) साँझ ५ बजेदेखि जिल्लालाई गर्ने निर्णय भएको हो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यलद्वारा जारी सूचनामा साँझ ५ बजेदेखि आउँदो ५ जेष्ठको दिउँसो १२ बजेसम्म सील गर्ने निर्णय उल्लेख छ ।
तरकारी किनमेलको लगि बिहान ७ बजेदेखि ९ बजेसम्म तोकिएको छ । कपिलवस्तुमा आज १० जना नयाँ कोरोना संक्रमित भेटिएका थिए । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।





