नेपालका १५ जिल्लामा फैलियो कोरोनाको संक्रमण, कहाँ कति जोखिम (अपडेटसहित)



२६ बैशाख २०७७, काठमाडौं

हालसम्म नेपालका १५ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ । हिजो बिहीबार कपिलवस्तुका थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुग्नुका साथै संक्रमणको फैलावट १५ जिल्लामा पुगेको हो । कपिलवस्तुमा भारतबाट आएका दुई युवामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै उदयपुरमा २८ जनामा कोरोनासंक्रमण देखिएकोमा  ६ जना निको भएर घर फर्किएका छन् भने अन्य ८ जना पनि संक्रमण मुक्त भएर डिस्चार्ज हुने क्रममा रहेका छन् । उनीहरुको शुक्रबार डिस्चार्ज हुने प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उदयपुरपछि पर्सामा सबैभन्दा धेरै २४ जना संक्रमित रहेका छन् । संक्रमितमध्ये ३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । बाँकेमा २३ जना संक्रमित भएका छन् भने काठमाडौंका ५ जनै संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यस्तै कैलालीमा ४ संक्रमित मध्ये ३ जना निको भएका छन् भने रौतहटमा ३ जनामा संक्रमण पुष्टि भएको छ  र १ जना निको भएर घर फर्किसकेका छन् । बागलुङका दुई संक्रमितमध्ये दुबै जना निको भएका छन् भने बारामा २ जना संक्रमित रहेका छन् । चितवनमा २ संक्रमितमध्ये एक जना निको भएर घर र्किसकेका छन् ।

झापामा २, भोजपुरमा १, धनुषामा १ र रुपन्देहीमा १ जनामा संक्रमण पुष्टि भएको छ । कञ्चनपुरमा एक जनामा संक्रमण पुुष्टि भएकामा उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्