कोरोना मृत्युले काहालीलाग्दो बनेको अमेरिकाको पछिल्लो २४ घण्टाको अपडेट



२६ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार १ सय ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७६ हजार ९ सय ५ बढी  पुगेको छ ।

एकैदिन २९ हजार २२ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ लाख ९२ हजार १ सय १४ बढी पुगेको छ । संक्रमितमध्ये ४८ हजार ९ सय ५८ जनाको अवस्था गम्भीर रहेको छ भने २ लाख १६ हजार ८ सय ३० जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्