छिमेकी भारतमा कोरोना मृत्यु र संक्रमणले लियो भयाभह रुप, पछिल्लो २४ घण्टाको अपडेट



२६ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारत सार्क राष्ट्रमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ भने एसियाली मुलुकमा चौथो नम्बरमा रहेको छ त्यस्तै विश्वमा १४ औं नम्बरमा रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ सय ४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ८ सय ८९ पुगेको छ ।

एकैदिन ३ हजार ३ सय ६४ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५६ हजार ३ सय ५१ पुगेको छ । त्यस्तै संक्रमितमध्ये १६ हजार १ सय ४२ जना उपचारपछि निको भएका छन् भने ३७ हजार ६ सय ८६ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्