रक्सीको मुल्यमा ७० प्रतिशत ‘स्पेशल कोरोना शुल्क’



२३ वैशाख २०७७, काठमाडौं

भारतको दिल्लीमा रक्सीको मुल्यमा ७० प्रतिशतले बढेको छ ।

दिल्ली सरकारले सोमबार (हिजो) बेलुका रक्सीको मुल्यमा ७० प्रतिशत ‘स्पेशल कोरोना शुल्क’ लगाउने निर्णय गरेको हो । सोमबारदेखि लकडाउन केही खुकुलो पारिएको थियो ।

जसअन्तर्गत मदिरा पसलहरु खोल्न दिइएको थियो । सोमबार बेलुका दिल्ली सरकारले मदिरामा ७० प्रतिशत कोरोना शुल्क थप गर्ने निर्णय गरेको हो ।

मदिराको बोतलमा देखिएको बजार मुल्य अनुसार ७० प्रतिशत थप गरी नयाँ मुल्य कामय गर्ने निर्णय भएको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था पीटीआइले जनाएको छ ।

मंगलबारदेखि नै थप भएको विशेष कोरोना शूल्कसहित मदिरा विक्री हुन थालेको पनि पीटीआइले जनायो । कोभिड १९ (कोरोना भाइरस)का कारण सरकारी खर्चमा वृद्धि भएकाले थप राजस्व जुटाउनका लागि यस्तो निर्णय भएको मानिएको छ । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्