अमेरिकामा दैनिक मृत्युदर ३००० बढि हुने खुलासा, चेतावनी जारी



२३ बैशाख २०७७, काठमाडौं

अमेरिकामा जून महिनासम्म कोरोनाभाइरसका कारण दैनिक मृत्यु हुने संख्या हाल १७ सय ५० बाट बढेर करिब तीन हजार हुनसक्ने खुलासा भएको छ ।

अमेरिकाको रोगमाथि नियन्त्रण र त्यसको बचाउका लागि बनेको संस्था सिडिसीको एक आन्तरिक मेमोबाट यस्तो पत्ता लाएको हो । यसलाई न्यूयोर्क टाइम्स पत्रिकाले प्रकाशित गरेको छ । यद्यपि, ह्वाइट हाउसले यो रिपोर्टलाई विवादास्पद बताएको छ ।

सिडिसीको रिपोर्टमा मे महिनाको अन्तिमसम्म दैनिक दुई लाख नयाँ संक्रमित भेटिने आशंका भएको भन्दै अधिकारीलाई चेतावनी दिइएको छ । हाल औसतमा २५ हजार नयाँ संक्रमित भेटिएका छन् ।

अमेरिकामा केही राज्यमा लकडाउन खुकुलो बनाउँदा र आर्थिक गतिविधी सुरु भएपछि त्यहाँ कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । वैज्ञानिकका अनुसार यो चिन्ताजनक स्थिती हो र अमेरिकालाई यसबाट बाहिर निस्कन निकै लामो समय लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्