अमेरिकामा आज कति थपिए कोरोनाका मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



२३ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ७ सय ९ बढी  पुगेको छ ।

एकैदिन २३ हजार ७ सय १७ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ लाख ११ हजार ८ सय ३९ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ८७ हजार २५ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्