रुओन नेपाल र परिवर्तन खबरद्वारा संयुक्त रुपमा राहत वितरण (फोटो फिचर)



२२ बैशाख २०७७, काठमाडौं

महिला तथा बालिकाको क्षेत्रमा विगत ११ बर्षदेखि कार्य गर्दै आईरहेको सामाजिक संस्था रुओन नेपाल र परिवर्तन खबरले संयुक्त रुपमा बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा निःशुल्क राहत वितरण गरेको छ ।

बूढानीलकण्ठ नगरपालिकाको वडा नं. १० र ११ मा बस्ने २२ जना विद्यार्थीहरुलाई राहत वितरण गरेको हो । विगत ३ महिनादेखि रुओन नेपाल र परिवर्तन खबरले संयुक्त रुपमा संचालन गरिरहेको निःशुल्क कम्प्युटर तालिम कार्यक्रमका सहभागीहरुलाई राहत वितरण गरिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा महिला तथा बालिकाहरुलाई अत्यावश्यक पर्ने चामल, दाल, नुन, तेल, गेडागुडी र स्वयविन जस्ता सामग्रीहरु चाईनिज शिक्षक–शिक्षिकाहरुको सहयोगमा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्