कोरोनाले जर्जर बन्दै अर्को सार्क राष्ट्र पाकिस्तान, स्थिती नियन्त्रण बाहिर जाने संकेत



२१ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण सार्क राष्ट्रमा भारतपछि पाकिस्तानमा तीव्र देखिएको छ ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा २० जनाले ज्यान गुमाएसँगै  मृत्यु हुनेको संख्या ४३७ पुगेको छ । एकैदिन ९३० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १९ हजार २२ पुगेको छ ।

संक्रमितमध्ये ४ हजार ७५३ जना उपचारपछि निको भएका छन् । १३ हजार ८३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरकेको छ । उनीहरुमध्ये १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्