पछिल्लो २४ घण्टामा अमेरिका पछि बेलायतमा उच्च मृत्यु, अपडेट



२१ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र रुपमा देखिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकापछि बेलायतमा धेरैले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ६९१ जनाले ज्यान गुमाएका थिए भने बेलायतमा ६२१ जनाले ज्यान गुमाएका छन् ।

बेलायतमा पछिल्लो २४ घण्टामा ६२१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८ हजार १३१ पुगेको छ ।

बेलायतमा एकैदिन ४ हजार ८०६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ८२ हजार २६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्