अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



२१ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६७ हजार ३ सय ९६ बढी  पुगेको छ ।

एकैदिन २८ हजार ५ सय ३४ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ११ लाख ५९ हजार ५ सय ६४ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ४ सय ७५ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ६० जना ७ सय ५ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्