छिमेकी भारतमा कोरोना मृत्युले तिब्र रुप लिदैं , पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च मृत्यु



२१ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारत सार्क मुलुकमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ सय जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुगेको छ ।

एकैदिन २ हजार ४ सय ४२ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ । त्यस्तै संक्रमितमध्ये १० हजार ८ सय १९ जना उपचारपछि निको भएका छन् भने २७ हजार ५ सय ५७  जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्