नेपालको परम्परागत आयुर्वेद उपचार पद्धति कोरोनाको वैकल्पिक उपचार



२० बैशाख २०७७, काठमाडौं

नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो खुला गरेको छ । आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्दे्शिका जारी गरी सरकारले सातै प्रदेशमा अवलम्बन गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी रोक्न यति बेला नेपालले बन्दाबन्दी (लकडाउन) नीति अपनाएको छ । विश्वमा कोरोना भाइरसको कुनै उपचार पद्धति, खोप र औषधि बनिसकेको छैन् । त्यसैले हरेक मुलुक क्वारेन्टाइन र आइसोलेसनमा बसेर आधुनिक चिकित्साको हल्का उपचार पद्धति अपनाउन बाध्य छ ।

नेपालमा भने हजारौँ वर्षदेखि चलिआएको सांस्कृतिक तथा परम्परागत आयुर्वेद उपचार पद्धतिमा कोरोनालगायतका अन्य भाइरस लाग्न नदिने गुण रहेका कारण निर्देशिका जारी गरी उपयोग गर्न भनिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्