मृत्युको देश बनेको अमेरिकाको पछिल्लो २४ घण्टाको कोरोना अपडेट



१६ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २ सय ३६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५६ हजार ६ सय ४९ बढी  पुगेको छ ।

एकैदिन २० हजार ८ सय ३३ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० लाख ८ हजार ४३ बढी पुगेको छ । संक्रमितमध्ये १४ हजार १ सय ७५ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ३७ हजार ७ सय ३९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्